Section 35
निजी वन दर्ता
(१) निजी वन दर्ता गराउन चाहने कुनै व्यक्ति वा संस्थाले निजी वन दर्ताको लागि डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयको सिफारिस सहित सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम कुनै निवेदन परेमा आवश्यक जाँचबुझ गरी सम्बन्धित स्थानीय तहले निजी वन दर्ता गरी प्रमाणपत्र दिनेछ।

(३) उपदफा (२) बमोजिम निजी वन दर्ता गरेको जानकारी स्थानीय तहले सम्बन्धित डिभिजन वन कार्यालयलाई गराउनु पर्नेछ।

(४) यस ऐन बमोजिमका निजी वन राष्ट्रियकरण गरिने छैन।